आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 305
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    भदौ १६ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    images

    निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । 

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन निगमले मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । 

    images

    आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।

    निगमले पेट्रोल लगायत अन्य पेट्रोलियम पदार्थको भने मूल्य बढाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया,  र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।