बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा माओवादी केन्द्रले प्रस्ताब गर्यो प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि यी नाम !

एक्सप्रेस पाना
भाद्र १७, २०७९ शुक्रबार
  • 413
    SHARES
  • गोरखा माओवादी केन्द्रले प्रस्ताब गर्यो प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि यी नाम !

    भदौ १६ काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाले उमेद्वार बन्ने नेताहरुको प्रस्तावित नामको टुङ्गो लगाएको छ । संघ तर्फ २ र प्रदेश तर्फ ४ निर्वाचन क्षेत्र रहेको गोरखामा माओबादी केन्द्रले प्रस्तावित उमेद्वारको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

    images

    स्रोतका अनुसार माओबादी केन्द्रले प्रतिनिधिसभा गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेतृ सुशिला सिंखडाको नाम सिफारिस गरेको छ ।

    त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ 'क' मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस गरेको छ । यस्तै सोहि क्षेत्रको प्रदेश सभा 'ख' मा केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धिताल, पार्टीका गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।

    images

    त्यस्तै प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा पार्टीका बरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश), पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र चुडामणी खड्काको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

    त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा 'क' मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको हो । यस्तै सोहि क्षेत्र प्रदेश सभा 'ख' मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँपार्टी अध्यक्ष नरबहादुर गुरुङ र नेता बासु पोखरेलको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।