बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोक क्षेत्र २ मा शेरबहादुर तामाङ सहित ३ जनाको नाम सिफारिस

एक्सप्रेस पाना
भाद्र १८, २०७९ शनिबार
  • 517
    SHARES
  • सिन्धुपाल्चोक क्षेत्र २ मा शेरबहादुर तामाङ सहित ३ जनाको नाम सिफारिस

    भदौ १८ मेलम्ची । आगामी मंसिर ४ गते हुने निर्वाचको लागि नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । 

    images

    एमालेले सांसद शेरबहादुर तामाङसहित माधव पाण्डे र हस्त पण्डितको नाम सिफारिस गरेको हो । शनिबार मेलम्चीमा बसेको क्षेत्रिय कमिटि बैठकले समानुपातिक तर्फ, कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङर पुर्व मन्त्री दावा तामाङको नाम सिफारिस गरिएको एमाले नेता डम्बर अर्यालले जानकारी दिनुभयो । 

    त्यस्तै सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं.२ अन्तर्गत प्रदेश सभा 'क' अन्तर्गत नेकपा एमालेले ९ जनाको नाम सिफारिस गरेको छ । आज बसेको बैठकले प्रदेश सभा क अन्तर्गत डालबहादुर सापकोटा, बिष्णुमणि आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिवहरि सापकोटा, राजु नेपाल, खिल बहादुर गिरि र डबले लामाको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिक तर्फ सुब्बा माझी, सरस्वती अधिकारी, रामबहदुर सुनार, मनकुमारी तामाङ, खिलबहादुर श्रेष्ठ र चन्द्र धिमालकोटीको नाम सिफारिस गरेको छ ।

    images

    यता सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा 'ख' का लागि नेकपा एमालेद्वारा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । आज बसेको नेकपा एमालेको बैठकले प्रत्यक्षतर्फ अशोक चौलागाईं, मित्रलाल चौलागाई, शिशिर वाइबा, सोमर बम्जन, कृष्णगोपाल तामाङ, चिरन तामाङको नाम सिफारिस गरेको हो ।

    यस्तै समानुपातिक एमाले सिन्धुपाल्चोक २ प्रदेस ख तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेकाहरूमा देबेन्द्र बहादुर खत्री, राधाकृष्ण श्रेष्ठ, सुर्यमान तामाङ, जिमी लामा, दुर्गा चालिसे, सुनिता परियार, फुर्पा ह्योल्मो र दिपक गहतराज रहेका छन् । सिफारिस गरिएको नाम जिल्ला कमिटिमा पठाइने एमालेले जनाएको छ ।