आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाल-भारत उद्योग वाणिज्य संघ र नवनियुसक्त अर्थ सचिव कृष्णहरि पुष्करवीच शिष्टाचार भेट

एक्सप्रेस पाना
भाद्र १८, २०७९ शनिबार
  • 363
    SHARES
  • नेपाल-भारत उद्योग वाणिज्य संघ र नवनियुसक्त अर्थ सचिव कृष्णहरि पुष्करवीच शिष्टाचार भेट

    भदौ १८ काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा उपाध्यक्ष द्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशब मान सिंह तथा उपनिर्देशक मार्शल राठौर सहितको एक प्रतिनिधि मण्डलले नेपाल सरकार, अर्थ मन्त्रालयका नवनियुसक्त सचिव कृष्णहरि पुस्करलाई भेट गर्यो ।

    images

    उक्त भ्टमा संघका अध्यक्ष सृजना राणाले नव नियुक्त अर्थ सचिव कृष्णहरि पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी शुकामना ब्यक्त गर्नुभयो । शिष्टाचार भेटमा संघका अध्यक्षे राणाले भारत नेपालको अन्तराष्ट्रिय ब्यापारको दुई तिहाई हिस्सा ओगटेको ठुलो ब्याबसायिक साझेदार भएको, त्यस्तै पारबहन सम्बन्धि मामिलामा निर्भरता १० प्रतिशत, नेपालको अन्तराष्ट्रिय ब्यापारमा पारबहन निर्भरता ९०प्रतिशत, त्यस्तै नेपालमा आएको बिदेशी लगानीमध्ये ४० प्रतिशतका साथै २० प्रतिशत पर्यटक भारतबाटै आउने गरेको कारण पनि भारत नेपालको आर्थिक बिकासका सहयात्री रहेको बताउंदै नेपालको ब्यापारको मुख्य द्वार रहेको जानकारी गराउंदै नेपाको आर्थिक बिकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भुमिका निर्वाह गर्दै आएको जानकारी गराउनुभयो ।

    अध्यक्ष राणाले भारतीय पर्यटन प्रबद्र्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन पनि भारतीय दुतावास मार्फत पहल गर्दै गरेको बताउंदै सोही बिषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धि कफीटेबल बुक र वेबसाईट निर्माणको तयारी अन्तिम चरणमा भई रहेको जानकारी गराउनुभयो । 

    images

    नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागी संघले आफ्रनो बृहत्तर कार्यक्रम नेपाल-भारत लगानी सम्मेलनको योजना गरेको र त्यस्मा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागी पनि अध्यक्ष राणाले अनुरोध गर्नुभयो ।

    नेपालको आर्थिक बिकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा ब्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भबिष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि समेत्न र सहकार्य गर्न पनि अध्यक्ष राणाले अर्थ सचिवज्य७त्रगयतस समक्ष प्रस्ताब गर्नुभयो ।

    उक्त शिष्टाचार भेट तथा छलफलमा नेपाल सरकार, अर्थ मन्त्रालयका नव नियुक्त सचवि कृृष्णहरि पुष्करले संघले गरेका बिगतका कार्यहरुबारे आफु जानकार रहेको भन्दै उक्त कार्यहरुको प्रशंसा गर्नुभयो । त्यस्तै नवनियुक्त अर्थ सचिवले अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिबर्त गरेको र नेपालको बिकासमा सकारात्मक रुपमा नै हेर्ने गरेको बताउंदै भारतबाट हामीले धेरै सिक्न सकिने र भारतसंगको सम्बन्धबाट लिन सकिने लाभहरुमा हाम्रो ध्यान जानुपर्ने बताउंदै आगामी दिनहरुमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।