मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवा संघ नेपालको मेची-महाकाली अभियान लमहीबाट भालुवाङ तर्फ

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 517
    SHARES
  • युवा संघ नेपालको मेची-महाकाली अभियान लमहीबाट भालुवाङ तर्फ

    युवा संघ नेपालद्वारा आयोजित मेची-महाकाली युवा जागरण अभियान आज दाङको लमहीमा पुगेर कार्यक्रम गरेको छ । अभियानको सन्दर्भमा आइतबार बिहान १० बजे करिब ५०० जनाको उपस्थितिमा कोण सभा गर्नुका साथै सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो । अभियानमा केन्द्रीय अभियान टोलीका सदस्यहरू बिना विश्वकर्मा, सुवर्ण दुलालले पार्टी र युवा संघका गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    images

    अभियान लमहीको कार्यक्रम सकेर भालुबाङ हुँदै चनौटा जाने युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताउनु भयो । 

    कार्यक्रममा वक्ताहरूको रुपमा युवा संघका स्थाई कमिटी सदस्य हरिस गिरि, कोषाध्यक्ष दीपक दुवाडी , नेकपा (एकीकृत समाजवादी) दाङका नेताहरू जिल्ला अध्यक्ष चुडामणि, मिना गुरुङ, पार्टी केन्द्रीय  सचिव भागवत विश्वासीले सम्बोधन गर्नुभएको थियो ।

    images

    No description available.

    ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

    ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट सुरु गरिएको युवा जागरण अभियान मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युवा संघ नेपाल