आइतबार, कार्तिक १६ गते २०८३
images
images

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 383
    SHARES
  • टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

    भदौ १९ टिकापुर । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी हुनुभएको छ । सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गरे । 

    images

    यसैगरी उपाध्यक्ष (उद्योगतर्फ) मा सन्तोष खड्का, उपाध्यक्ष (वाणिज्यतर्फ) मा कृष्ण उपाध्याय बजगाईँ, महासचिवमा नवराज रिमाल, सचिवमा  तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी भएका छन् । निर्वाचनमा एक हजार ३८ मत खसेको थियो ।