बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 309
    SHARES
  • प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    भदौ १९ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

    images

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा शीर्ष नेताहरूबीच छलफल भएको बताइएको छ । 

    सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठित कार्यदल सक्रिय भइरहेको समयमा शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो । सत्ता गठबन्धनमा रहेका सबै पार्टीका प्रतिनिधि सहभागी रहेको कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल पछिल्ला दिनमा सहमतिको खाका कोर्न क्रियाशील छ ।  

    images

    पार्टी नेताहरूबीच आज दिनभर विभिन्न चरणमा भेटघाट तथा छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।