भदौ १९ काठमाडौं । पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३४५० जनामा नमूना परीक्षण गर्दा १४२ सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज २३० जना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घन्टामा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।


