मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवा संघ नेपालको टोलिको वास नवलपरासीमा

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 358
    SHARES
  • युवा संघ नेपालको टोलिको वास नवलपरासीमा

    युवा संघ नेपालद्वारा आयोजित मेची-महाकाली युवा जागरण अभियान आज दाङको लमही- कपिलवस्तुको चनौता-जित्पुर हुदै बुटवलको जितगडिमा सभा गर्दै टोलि नवलपरासी पुगेर बास बसेका छन् । 

    images

    अभियानको सन्दर्भमा आइतबार बिहान ७:००बजे देखि सुरु भएको अभियानहरुलाई ति जिल्लाका युवाहरूले सैयौका संख्यामा मोटरबाइकहरुले र्यालीका साथ स्वागत गरेका साथै सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो । अभियानमा केन्द्रीय  अभियान टोलीका सदस्यहरू बिना विश्वकर्मा , सुवर्ण दुलालले पार्टी र युवा संघका गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा वक्ताहरूको रुपमा युवा संघका नेताहरु भाइ कृष्ण बलामी, हरिस गिरि, प्रेमा लामा, जेवि रानाले सम्बोधन गरेका थिए ।

    images

    बुटवलको विशाल कोर्न सभालाई  नेकपा ( एकीकृत समाजवादी ) लुम्बिनी प्रदेशका सचिव राजु गुरुङ र युवा इन्चार्ज दिलु पन्तले सम्बोधन गर्नुभएको संघका प्रवक्ता सन्जिप राईले बताए । सचिव राजु गुरुङ एमाले प्रभावशाली नेता विस्नु पौडेलका प्रतिस्पर्धिका रुपमा गठबन्धनका सम्भावित उम्मेद्बार हुन ।

    ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ  । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

     ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघका अध्यक्ष नरेश शाहीले अभियानको नेतृत्व गरेका छन ।

    महाकालीबाट भाद्र १५ गते बाट  सुरु गरिएको युवा जागरण अभियान मेचीमा भाद्र २३ गते पुगेर टुंगिने युवा संघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युवा संघ नेपाल