आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, कति छ आजको कारोबार ?

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 317
    SHARES
  • सुनको मूल्य बढ्यो, कति छ आजको कारोबार ?

    भदौ २१ काठमाडौं । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो ।

    images

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो । 

    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ थियो ।

    images