आइतबार, कार्तिक १६ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 224
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से

    भदौ २२ काठमाडौं । नेप्सेको गिरावटले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ दशमलव १६ अंकले घटेको नेप्से आज बुधबार पुनस् ११ दशमलव ९७ अंकले घटेर १९ सय ३९ दशमलव ८८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंकले घटेर तीन सय ७७ दशमलव ३८ अंकमा झरेको छ ।

    images

    दुई सय २४ वटा कम्पनीहरुको २० हजार चार सय ५२ पटकको कारोबारमा २९ लाख ४३ हजार सात सय ६९ कित्ता सेयर खरिद(बिक्री भएकोमा कुल कारोबार रकम ८२ करोड ६२ लाख ३० हजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।

    नेप्सेमा बुधबार १३ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ३९ अंकले घटेर १३ सय १४ दशमलव ९७ अंकमा झरेको छ । तेसैगरी विकास बैंक समूहको सूचक ३७ दशमलव २४ अंंकले घटेर ३४ सय ५१ दशमलव ९६ अंकमा झरेको छ ।

    images

    जलविद्युत समूहको सूचक पनि २१ दशमलव १९ अंकले घटेर २२ सय दशमलव ९९ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि ३३ दशमलव नौ अंकले घटेर सात हजार आठ सय ९९ दशमलव ३४ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ३६ दशमलव २५ अंकले घटेर नौ हजार एक सय ९७ दशमलव ५५ अंकमा झरेको छ । फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि घटेका छन् ।

    नेप्सेमा आज सनराईज म्युचुअल फण्डको प्रतियुनिट सेयर मूल्य सात दशमलव ७२ प्रतिशतले बढेर ११ रुपैयाँ ५८ पैसामा प्रतियुनिट सेयर कारोबार हुँदा प्राईम बैंक डिवेञ्चरको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ८८ प्रतिशतले घटेर नौ सय २२ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

    यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ७० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड १५ लाख ६० हजार दुई सय ९९ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।