मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवा संघले भदौं २३ गते झापाको बिर्तामोडमा खुल्ला सभा गर्ने

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 1.1K
    SHARES
  • युवा संघले भदौं २३ गते झापाको बिर्तामोडमा खुल्ला सभा गर्ने

    नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा भएको महाकाली–मेची जागरण अभियान अन्तरगत भदौं २३ गते झापाको बिर्तामोडमा खुल्ला सभा हुने भएको छ । 

    images

    सो कार्यक्रममा पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको संघका उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज मुना शर्माले बताए । 

    महाकालीबाट आउने युवा संघको टोलीलाई झापाको बिर्तामोडमा बृहत सहभागितामा स्वागत गर्ने र सम्मानित नेताले सम्बोधन गरेपछि मेची नदीमा पुगेर अभियान समापन गर्ने कार्यक्रम रहेको युवा संघका सचिव तथा झापा पार्टीका उपाध्यक्ष प्रत्युस रानाले बताए । दिउँसो १२ वजे बिर्तामोडस्थित हनुमान सेन्ट्रल अगाडि खुल्ला सभाको आयोजना गरिएकोले सो सभामा उपस्थित हुन उनले सबैमा आग्रह गरे  ।
     
    युवा संघको महाकाली-मेची जागरण अभियान भाद्र १५ गते नेकपा (एस) का अध्यक्ष माधब नेपालले टोलिलाई बिदाइ गरेका थिए । यो अभियान नेतृत्व संघका केन्द्रिय अध्यक्ष नरेश शाहीले गरेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # युवा संघ नेपाल