आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य सामान्य बढ्यो

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 259
    SHARES
  • सुनचाँदीको मूल्य सामान्य बढ्यो

    भदौ २४ काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, तेजाबी सुनको भाउ १ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९३ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।


    त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

    images