आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

एक्सप्रेस पाना
भाद्र २५, २०७९ शनिबार
  • 293
    SHARES
  • राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

    अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गर्नुभएको हो । 

    images

    बेलाइतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उहाँले बताउनुभयो । “ म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको  छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,” ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उहाँले पत्रकारहरू माझ भन्नुभयो । 

    राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । 

    images