आइतबार, कार्तिक १६ गते २०८३
images
images

जाजरकोटमा सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंक सहमत

एक्सप्रेस पाना
भाद्र २५, २०७९ शनिबार
  • 228
    SHARES
  • जाजरकोटमा सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंक सहमत

    यहाँका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् । जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय बासिन्दालाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो ।
     
    जाजरकोटमा हालसम्म राष्ट्रिय बाणिज्य बैंकहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलपछि प्रदेशस्तरका प्रमुखको छलफल गरी जिल्लामा पालिका प्रमुखसँगको अन्तक्र्रियासमेत गरिएको छ । निजी तथा सरकारीस्तरको बैंकले जाजरकोटका सबै पालिकामा सहुलियत कर्जा लागू गर्नका लागि वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी नीतिगत छलफलसमेत सम्पन्न भएको छ । 

    images

    उक्त छलफलमा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, नलगाड नगरपालिकाका प्रमुख डम्बर रावत, छेडागाडका नगरप्रमुख रत्न खड्का, बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, कुशे गाउँपालिकालिकाकी उपाध्यक्ष देविका सिंह, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, शिवालयका उपाध्यक्ष गीता शाही, जुनीचाँदेका उपाध्यक्ष वीरेन्द्र शाही, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, एनआइसी एशिया बैंकमा कर्णाली प्रमुख राजनप्रसाद पोखरेल, राष्ट्रिय वाणिज्य बैंकका कर्णाली प्रमुख शिवप्रसाद चालिसे, कृषि विकास बैंकका कर्णाली प्रमुख खुर्सेद अहमत, ग्लोबल बैंकमा विष्णु आर्याल, सिभिल बैंकका दीपक जोशी र लक्ष्मी बैंकका शैलेन्द्रराज पाण्डेको सहभागिता थियो । 

    जिल्लामा कृषि सहुलियत कर्जा कार्यक्रम लागू गर्ने विषयमा स्थानीय तहका प्रमुखले तत्काल कार्यान्वयन गरेर जानुपर्ने धारणा राख्दै आएका छन् । व्यावसाय गर्ने उद्देश्यले आफू धेरैपटक कर्जाका लागि बैंक गए पनि आफूहरूले ऋण नपाएको भन्दै छलफलमा सहभागीले बैंकको आलोचनासमेत गरेका थिए । दुर्गममा बैंकले लगानी गर्ने कुरामा आनाकानी गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सिंहले पालिकाले जोखिम न्यूनीकरण कोषसमेत स्थापना बताउनुभयो ।

    images

    आर्थिक अभावका कारण व्यवसाय गर्न नपाएका युवा भारत तथा अन्य मुलुकमा जानुपरेको पीडा सुनाउँदै उहाँले कृषिमा आत्मनिर्भर बन्न जुट्नुपर्ने बताउनुभयो । पालिकास्तरमा रहेका बैंकमार्फत सहुलियत कृषि कर्जा लिएर धमाधम कृषि उद्यम सुरु गर्ने बाटो खुलेको भन्दै नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बैंकलाई परेको अप्ठ्यारा हल गरिनेसमेत बताउनुभयो ।