भदौ २६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३५८७ जनाको नमुना परिक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समय थप २०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभरि २३१६ जना सक्रिय संक्रमित रहेका छन् भने ८४१२ जनाले कोरोनाको खोप लगाएका छन् ।



