आइतबार, कार्तिक १६ गते २०८३
images
images

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
भाद्र २७, २०७९ सोमबार
  • 275
    SHARES
  • तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

    भदौ २७ काठमाडौं । साताको दोस्रो दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । सुन घटे पनि आज चाँदीको मूल्य भने स्थिर कायम छ ।

    images

    मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ । हिजो, छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ छ ।

    हिजो आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य स्थिर रहेको हो । यसैगरी, चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।

    images