आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य घट्यो

एक्सप्रेस पाना
भाद्र २८, २०७९ मंगलबार
  • 240
    SHARES
  • सुनको मूल्य घट्यो

    भदौ २८ काठमाडौं । साताको तेस्रो दिन  नेपाली सुन चाँदी बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य १०० रुपैयाँले घटेको जनाएको छ ।

    images

    सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    साथै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यसैगरी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।