भदौ २८ काठमाडौं । नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ । हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा
वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।
साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आउनु भएका ग्राहकहरुले पनि यो अफर मार्फत १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । मात्र १,५०० बराबर को पोस कारोबारमा ५०० र ३,००० को कारोबार मा १,०००
क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबैएससिटी–यूपीआईडेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३% सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । अफरको बिस्तृत विवरण एससिटीको
आधिकारिक वेबसाईटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुनेछ ।
.jpg)

