आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

एक्सप्रेस पाना
भाद्र २९, २०७९ बुधबार
  • 234
    SHARES
  • घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    नेपाली बजारमा मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८ रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

    images

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।