आइतबार, कार्तिक १६ गते २०८३
images
images

५७ अंकले नेप्से घट्दा दुई अर्ब १२ करोडको सेयर किनबेच

एक्सप्रेस पाना
भाद्र ३०, २०७९ बिहीबार
  • 255
    SHARES
  • ५७ अंकले नेप्से घट्दा दुई अर्ब १२ करोडको सेयर किनबेच

    भदौ ३० काठमाडौं । नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ४७ दशमलव ४४ अंकले बढेको नेप्से आज ९बिहीबार० भने ५७ अंकले घटेर १९ सय २४ दशमलव ४८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स ११ दशमलव २३ अंकले घटेर तीन सय ७४ दशमलव १३ अंकमा झरेको छ ।

    images

    नेप्से उच्च अंकले घटेपनि कारोबार रकम भने बढेको छ । आज दुई सय ३२ वटा कम्पनीको ३५ हजार पाँच सय ३७ पटकको कारोबारमा ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता सेयर खरिद(बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ रुपैयाँ पुगेको छ ।


    नेप्सेमा बिहीबार १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २४ दशमलव ३२ अंकले घटेर १३ सय १३ दशमलव ८१ अंकमा झरेको छ । विकास बैक समूहको सूचक पनि एक सय ६९ दशमलव ३८ अंकले घटेर तीन हजार चार सय ७४ दशमलव ५७ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि एक सय दशमलव चार अंकले घटेर २१ सय ४८ दशमलव ९३ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ९६ दशमलव ६८ अंकले घटेर सात हजार सात सय ९४ दशमलव ७७ अंकमा झरेको छ ।

    images

    जीवन बिमा समूहको सूचक एक सय ७७ दशमलव १२ अंकले घटेर नौ हजार एक सय ३२ दशमलव ७९ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक उच्च अंकले घटेका छन् ।

    नेप्सेमा बिहीबार सिटिजन्स म्युचुअल फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव १२ प्रतिशतले बढेर आठ रुपैयाँ ५९ पैसामा कारोबार हुँदा एनआईसी एशिया फेल्क्सी क्याप फण्डको प्रतियुनिट सेयर मूल्य आठ प्रतिशतले घटेर आठ रुपैयाँ २८ पैसामा कारोबार भएको छ ।

    यसैगरी आज लक्ष्मी बैंकको प्रतिकित्ता एक सय ९४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा २१ करोड ५० लाख ३३ हजार एक सय ९० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।