आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन ३, २०७९ सोमबार
  • 332
    SHARES
  • जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु

    जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको मौसम विज्ञान एजेन्सीले बताएको छ । 
     
    यस आँधीको कारण मङ्गलबार होन्सुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरेको एजेन्सीले जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीले टोकियो र छेउछाउको कानागावा प्रान्तको लागि बाढी आउन सक्ने चेतावनी जारी  गरेको छ ।

    images

    यद्यपी क्युशुको ठूलो भाग र उत्तरपूर्वी प्रान्तहरू बाढीको चेतावनीमा थिए । लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ ।