सोमबार, कार्तिक १७ गते २०८३
images
images

५ सय रुपैयाँ घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन ५, २०७९ बुधबार
  • 211
    SHARES
  • ५ सय रुपैयाँ घट्यो सुनको मूल्य

    नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।  

    images

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।