सोमबार, कार्तिक १७ गते २०८३
images
images

फेरि बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 287
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज ५०० रुपैयाँले मूल्य बढेको हो ।

    images

    जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ८०० रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ कायम थियो ।

    images