नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली ९ गते देखि लागु हुने गरि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ ।
उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् । डाटा प्याक अन्तर्गत २९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध ह७३घढसनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जरनसुकै समय प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ ।
२०० देखि ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क सेवा पनि उपलब्ध गराइएको छ ।


