सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन ९, २०७९ आइतबार
  • 275
    SHARES
  • एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

    साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।  

    images

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

    शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो ।