सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुन-चाँदीको मूल्य

एक्सप्रेस पाना
आश्विन ११, २०७९ मंगलबार
  • 255
    SHARES
  • घट्यो सुन-चाँदीको मूल्य

    मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। 

    images

    सोमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ घटेको हो।