आइतबार, कार्तिक १६ गते २०८३
images
images

नाइजेरियामा भीषण बाढीः २३ जनाको मृत्यु, १ लाखभन्दा बढी विस्थापित

एक्सप्रेस पाना
आश्विन १२, २०७९ बुधबार
  • 423
    SHARES
  • नाइजेरियामा भीषण बाढीः २३ जनाको मृत्यु, १ लाखभन्दा बढी विस्थापित

    नाइजेरियाको मध्य प्रान्त बेन्युमा आएको भीषण बाढीमा परेर २३ जनाको ज्यान गएको र कम्तीमा पनि १ लाख १६ हजार जना विस्थापित भएका छन् । यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ । उद्धार अधिकारीहरूले त्यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरूको पुनःस्थापनाको पहल भइरहेको बताएका छन् ।

    images

    यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरूलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ । अधिकारीहरूले बाढीले यहाँका करिब ५ हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन् ।