आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 259
    SHARES
  • सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत

    धनगढी, १५ भदौ।एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टीमा सनाखत गरेका छन् ।

    images

    समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी भइरहेको सोडारीले बताएका छन् ।

    images

    माधव नेपाल छाडेका एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रेपछि सांसदहरु सम्पर्कविहीन भएको बताइएको छ ।

    सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।   

    तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । समाजवादीतिर लागेको भनिएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मानेका छैनन् । सांसदको खोजीमा रहेकाले सोडारीको पनि सनाखत हुन बाँकी छ ।  

    समाजवादीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले १० जनाको सनाखत भएको जानकारी दिइन् । २ जनाको कागजात नपुगेकाले आएनन् । भोलिसम्म १४ जना पुग्छन्  जोशीले दाबी गरिन् । 

    १४ जना सांसद पुर्‍याए प्रदेशमा समाजवादी प्रदेशकै ठूलो दल बन्ने छ ।न्युज कारखाना