सोमबार, कार्तिक १७ गते २०८३
images
images

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन २५, २०७९ मंगलबार
  • 219
    SHARES
  • १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य म‌गलबार १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images