काठमाडौं । साता चौथो दिन आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय रुपैयाँ कायम भएको छ ।
.jpg)

