सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्र बैंकले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 235
    SHARES
  • राष्ट्र बैंकले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

    काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो ।

    images

    बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

    तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन् ।

    images