आइतबार, कार्तिक १६ गते २०८३
images
images

टुकीबाट आगलागी सल्किँदा झन्डै आठ लाख बढीको क्षति

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 202
    SHARES
  • टुकीबाट आगलागी सल्किँदा झन्डै आठ लाख बढीको क्षति

    भदौ १६ कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झन्डै आठ लाख बढीको क्षति भएको जनाइएको छ ।

    images

    अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्त्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”

    नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । 

    images