सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ स्थिर चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 257
    SHARES
  • सुनको भाउ स्थिर चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुनको भाउ यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ ।

    images

    यसैगरी चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २०० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।