सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से परिसूचक बढ्यो

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 342
    SHARES
  • नेप्से परिसूचक बढ्यो

    काठमाडौं । सेयर बजारमा बिहीबार सामान्य सुधार भएको छ । यस दिन नेप्से सूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेको छ । 

    images

    बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ । पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको छ । 

    आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक हरियो बनेका छन् । २२२ कम्पनीको २६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । तीन करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् । 

    images