सोमबार, कार्तिक १७ गते २०८३
images
images

त्रिशूली जलविद्युतको आईपीओमा कति रकम संकलन भयो ?

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 205
    SHARES
  • त्रिशूली जलविद्युतको आईपीओमा कति रकम संकलन भयो ?

    रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले असोज ४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको सेयर (आईपीओ) बापतको बाँकी रकम संकलन गरिरहेको छ ।

    images

    सिडीएसका अनुसार आज (असोज ३१ गते, सोमबार) बिहान १०स्१२ बजेसम्ममा ७३ हजार ३ सय १० जनाले १७ लाख २९ हजार एक सय ७३ कित्ता सेयरका लागि १५ करोड ४ लाख ३८ हजार ५१ रुपैयाँ चुक्ता गरेका छन् ।


    यस आईपीओको रकम बुझाउने अन्तिम मिति आगामी १७ कार्तिक तोकिएको छ । 

    images

    जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता ९कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत० सेयर निष्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ । 

    रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, ०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम शेयरधनीले प्रति कित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ ।