सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य सामान्य बढ्यो

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 251
    SHARES
  • सुनको मूल्य सामान्य बढ्यो

    नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

    images

    सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो । आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    आइतबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 
    आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।