आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 260
    SHARES
  • तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु

    काठमाडौँ । तीर्थयात्री बोकेको हेलिकप्टर भारतको केदारनाथमा दुर्घटना भएको छ । दुर्घटनामा २ पाइलटसहित ७ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images

    दुर्घटनाको कारण खराब मौसम र कुहिरो रहेको बताइएको छ । बाक्लो हुस्सुका कारण हेलिकप्टर जमिनमा ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख छ । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो ।

    हेलिकप्टर आर्यन एभिएसनको बेल कम्पनीको हो । समाचार एजेन्सी एएनआइका अनुसार केदारनाथबाट श्रद्धालु बोकेर फाथा जाँदै गरेको उक्त विमान गरुडछट्टी नजिक दुर्घटना भएको हो । केही तस्बिर र भिडियो पनि सार्वजनिक भएका छन् । यसमा हेलिकप्टरको भग्नावशेष, आगलागी र स्थानीय बासिन्दा देखिन्छन् ।

    images

    भारतका केन्द्रीय उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले केदारनाथमा भएको हेलिकप्टर दुर्घटना दुर्भाग्यपूर्ण भएको बताए ।