सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से आज पनि ओरालो यात्रामै

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 263
    SHARES
  • नेप्से आज पनि ओरालो यात्रामै

    साता अन्तिम कारोबारको दिन शेयर बजार झिनो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

    images

    यस दिन नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.०९ अंकले बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.०२ अंकले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२१ अंकले बढेको छ ।

    यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२१ स्टकको १७ हजार २९६ पटकको कारोबारमा ५० करोड ७६ लाख ८९ हजार रुपैयाँ बराबरको १५ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    images

    नेप्से ओरालो लागेपनि यस दिन सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य यस दिन २३ रुपैयाँ ५० पैसा बढेर २५९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । यस दिन बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्तको मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ। पछिल्ला कारोबार दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन साढे ६ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा यस दिन अभियान लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको यस दिन ३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, गरिमा विकास बैंक, एभरेष्ट बैंक र नबिल बैंकको यस दिन २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, लगानी र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।