आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 369
    SHARES
  • भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

    भारतीय सेनाको एक हेलिकप्टर चीन सीमा नजिक अरुणाचल प्रदेशको मिगिङ गाउँनेर शुक्रवार दुर्घटनाग्रस्त भएको छ ।  

    images

    सेनाको टुटिङ हेडक्वार्टरबाट घटनास्थल २५ किलोमिटर टाढा छ । घटनास्थलबाट दुईवटा शव निकालिएको छ । तेस्रो शवको खोजी हुँदैछ । स्थानीय समयअनुसार बिहान १०ः४० मा एड्भान्स्ड लाइट हेलिकप्टर दुर्घटनामा परेको हो । 

    माथिल्लो सियाङ क्षेत्रका सुपरीवेक्षक जुम्मार बसरले एएनआई समाचार संस्थालाई बताए, ‘दुर्घटनास्थल सडकमार्गबाट जोडिएको छैन । उद्धार टोलीलाई त्यहाँ पठाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।’

    images

    सेनाले खोजी तथा उद्धारका लागि तीनवटा हेलिकप्टर पठाएको छ ।