सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 230
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको जनाएको छ ।

    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको ९३ हजार ५०० रुपैयाँ कायम छ ।

    यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

    images