आइतबार, कार्तिक १६ गते २०८३
images
images

पुल भत्किदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 343
    SHARES
  • पुल भत्किदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

    काठमाडौँ । भारतको गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । १७७ जनाको उद्दार भएको छ ।

    images

    आइतबार साँझ छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो । 

    पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो ।मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । १७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।

    images

    करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।