आइतबार, कार्तिक १६ गते २०८३
images
images

गुजरात पुल दुर्घटना : अहिले मृत्यु हुनेको संख्या १ सय ४१ पुग्यो

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 290
    SHARES
  • गुजरात पुल दुर्घटना : अहिले मृत्यु हुनेको संख्या १ सय ४१ पुग्यो

    भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् । 

    images

    बेलायतको शासनकालमा १९औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्तागरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ ।

    राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर च सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ ।

    images

    यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताएका छन् । दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताएका छन् ।