काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
.jpg)


