आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 349
    SHARES
  • पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

    पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् ।

    images

    दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी चीन फिङलाई भेट्न जाँदैछन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन् । सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन् ।

    images

    भ्रमणका क्रममा सरिफलले ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडरलगायतका विषयमा छलफल गर्नेछन् ।