सोमबार, कार्तिक १७ गते २०८३
images
images

७ अङ्कले बढ्यो शेयर बजार

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 266
    SHARES
  • ७ अङ्कले बढ्यो शेयर बजार

    शेयर बजार आज बुधवार तेस्रो दिन पनि बढेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ । बजार खुलेदेखि बन्द हुने बेलासम्म नै बजार बढ्ने र घट्ने भइरह्यो । 

    images

    आज बैंकिङ, व्यापार र निर्जीवन बीमाबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि दिनदिनै बढिरहेको छ । दुई सय २७ वटा कम्पनीकाे ४३ लाख ४६ हजार कित्ता शेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो । 

    आज कर्पोरेट विकास बैंक र कर्णाली विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि सबैको लघुवित्त कम्पनीको शेयर झन्डै चार प्रतिशत र माहुली लघुवित्तको शेयर साढे तीन प्रतिशतले घटेको छ । 

    images