सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकैदिन १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 225
    SHARES
  • एकैदिन १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो दिन आज आइतवार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको जनाएको छ ।

    images

    यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

    images

    त्यस्तै, आइतबार चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आइतबार एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।