आइतबार, कार्तिक १६ गते २०८३
images
images

आलिया भट्ट र रणवीर कपुरलाई पुत्रीलाभ

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 375
    SHARES
  • आलिया भट्ट र रणवीर कपुरलाई पुत्रीलाभ

    आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।

    आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् ।

    images

    विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।