सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से परिसुचक उकालो

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 278
    SHARES
  • नेप्से परिसुचक उकालो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ । 

    images

    साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ ।

    बिहीबार भने नेप्से परिसुचकमा ०.८३ अंकले घटेकोे थियो । यस्तै ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

    images

    म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १९६.२, जीवन बिमा ९५.०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ । 

    आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ । मानुसी लघुवित्त वित्तिय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तिय संस्था २८८.५० अंकले वृद्धि भएको छ ।

    एनइएसडिओ समृद्ध लघुवित्त वित्तियको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।