आइतबार, कार्तिक १६ गते २०८३
images
images

युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 282
    SHARES
  • युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार

    इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको स्वीकार गरेको छ । इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको  बताएका हुन् ।तेहरानले मस्कोलाई ड्रोन आपूर्ति जारी राखेको पश्चिमा राष्ट्रहरूको आरोपको खण्डन गर्दै तिनको प्रयोग युक्रेनी ऊर्जा केन्द्र र नागरिक पूर्वाधारहरूमा लक्षित भएनभएको यकिनका साथ भन्न नसकिने स्पष्ट गरे । 

    images

    “युक्रेन युद्धमा इरानले रूसलाई क्षेप्यास्त्र र ड्रोन उपलब्ध गराएका आरोप निराधार हुन्,” विदेशन्त्री अमीराबडोल्लाहियानलाई उद्धृत गर्दै सरकारी समाचार समिति इर्नाले जनाएको छ । यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तेहरानलाई झूट बोलेको आरोप लगाउदै किभमा सेनाले दिनहुँ कम्तीमा १०वटा ड्रोन खसालेका बताएका छन्।

    रूसले आफ्नो देशमा आक्रमण सुरु गरेदेखि नै नागरिक र पूर्वाधारमा आक्रमण इरान निर्मित ड्रोन प्रयोग गरेको दाबी गर्दै युक्रेनी राष्ट्रपतिले घातक ती ड्रोनमध्ये ६०–७० प्रतिशत खसालेको बताएका छन् । इरानी ड्रोन आपूर्तिलाई लिएर बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले गत शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिवलाई पत्र लेखेर छानबिन गर्न आग्रह गरेका थिए ।

    images